पाँच किलो सुनसहित काठमाडौंबाट एक पक्राउ

काठमाडौं । प्रहरीले पाँच किलो अवैध सुनसहित एक जनालालाई पक्राउ गरेको छ ।  तस्करीका लागि रसुवाबाट सुन राजधानीतर्फ ल्याउँदै गर्दा बुधबार बिहान काठमाडौंको तीनपिप्लेबाट एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् ।

कम्मरपेटीमा पाँच किलो सुन लुकाएर गाडीमा आउँदै गरेका एक व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएको प्रहरीले पक्राउ परेका व्यक्तिबारे जानकारी दिएको छैन । बुधबार १२ बजे पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति सार्वजनिक गरिने बरिष्ठ प्रहरी उपरीक्षक लामाले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री