राष्ट्रपति पौडेल लैनचौरको शहीद स्तम्भ पुगे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन् । उनले आज त्यहाँ गई शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन् । राष्ट्रपति पौडेल सोमबार अपरान्ह शहीद गेट आउने कार्यक्रम थियो । तर सडक जाम हुने भएपछि अन्तिम समयमा स्थगित गरिएको छ ।

उनका सहयोगीले सडक यातायात प्रभावित हुने देखिएपछि शहीद गेट आउने कार्यक्रम स्थगित गरिएको बताएका छन् । नव निर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after