उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम, अन्तिम नामावली सार्वजनिक

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यालयले उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । उक्त नामावली अनुसार उपराष्ट्रपतिमा ४ जनाकै उम्मेदवारी कायम भएको छ ।

उपराष्ट्रपतिमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी(जसपा)की प्रमिलाकुमारी यादव, जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका थिए । यी चारै जनाले उम्मेदवारी फिर्ता नलिएपछि सबैको उम्मदेवारी कामय भएको कार्यालयले जनाएको छ ।

आइतबार दिउँसा ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन कार्यालयले समय तोकेको थियो । जसपाले भने निर्वाचनअघि नै पार्टीका दुई मध्ये एकजनाको उम्द्वारी निष्क्रिय बनाउने बताएको छ । ३ चैतमा उपराष्ट्रपतिको निर्वाचनका लागि मिति तय गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाका दुई उपसभापतिसहित ९ नेतालाई पक्राउ गर्न माग गर्दै जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित नौं …

प्रतिकृया दिनुहॊस