म मन्त्री बन्दिनँ, सरकारलाई सफल बनाउन लाग्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने लाइनमा नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘वर्तमान सरकारका आर्थिक प्राथमिकता र समसामयिक राजनीति’ विषयक अन्तक्रिया कार्यक्रममा उनले आफू मन्त्री बन्ने लाइनमा नरहेको बताएका हुन् ।

‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको हो । मैले सबै कामहरु नेपाली कांग्रेसको महामन्त्री भएर काम गर्ने हो । सांसद भएर काम गर्ने हो,’ थापाले भने, ‘न म अहिले मन्त्री बन्ने हो, न बन्न मिल्छ, न म बन्दै छु पनि ।’

उनले आफू सांसद भएकोले संसदबाट सरकारलाई सफल बनाउन भूमिका खेल्ने बताए । ‘मैले नेपाली कांग्रेस सरकारमा रहिरहेको बेलामा सफल बनाउने हो,’ थापाले भने, ‘तर, सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिनँ । नाप्नु हुँदैन भन्ने ठान्छु । परिणाम के दियो भन्ने आधारमा हेर्ने हो ।’

उनले वर्तमान सरकारले परिणममुखी काम गर्न नसके ५ वर्ष खेर जाने बताए । ‘यो गभर्मेन्टले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ,’ उनले भने, ‘५ वर्षमा के परिणाम दियौँ र के दिएनौँ भन्ने कुरा महत्वपूर्ण हो । त्यो परिणाम दिने बाटोमा यो गठबन्धन सरकार लाग्नुपर्छ। नभए अर्को ५ वर्ष देशको खेर जान्छ । त्यो देशको खेर जानु भनेको तपाईंको, मेरो खेर जानु हो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेमाथि गहिरो अनुसन्धान : अरू जिल्ला पनि पुर्‍याउन सक्ने

काठमाडौं । कास्की प्रहरीले सहकारी रकम अपचलनमा संलग्नताको आरोपमा हिरासतमा लिएका गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक रवि लामिछानेमाथि गम्भीर अनुसन्धान भइरहेको छ । सहकारी संस्थाहरूबाट मिडिया नेटवर्कमा ठूलो मात्रामा बचतको अपचलन भएको आशङ्कामा उनलाई पोखरा लगिएको हो ।

प्रतिकृया दिनुहॊस