काठमाडौँ । ओखलढुंगाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालकाअनुसार दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
बा २ ख ६५९६ नम्बरको यात्रुवाहक बस सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुहिभिरमा भित्तामा ठोक्किएर दुर्घटना भएको हो । बसमा जम्मा २९ यात्रु रहेको बुझिएको प्रहरीले जानकारी दिएको छ । घाइते २४ यात्रुको उद्धार भइरहेको एसपी सिलवालले बताए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहॊस