माओवादी घटकले संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरूको बैठक सकिएको छ । द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गर्दै बैठक सकिएको हो ।

बैठकमा माओवादी केन्द्र, नेसपा, नेकपा बमाओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू सहभागी थिए । उनीहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन र फागुन ३० गते अन्तरक्रिया गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् । यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । प्रचण्डविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री