नवनिर्वाचित राष्ट्रपति पौडेलको आभार वक्तव्य- विधिको पालनामा प्रतिबद्ध रहने प्रण

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा आफू सचेत रहने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचित भएपछि बिहीबार साँझ आभार वक्तव्य जारी गर्दै पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले संविधानको अक्षर र भावनालाई आत्मसात गर्ने उल्लेख गरेका छन् । ‘राष्ट्रपति संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु’ पौडेलको वक्तव्यमा छ,’ नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’

नवनिर्वाचित राष्ट्रपति पौडेलले शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरागर्ने अभियानमा सरिक हुने उल्लेख गरेका छन् । ‘राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछुु’ सउनले भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप