रोकिएन खेलाडी पलायन : प्रभावशाली मिडफिल्डर सुनिल बल पनि अस्ट्रेलिया उडे

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका अर्का खेलाडी सुनिल बल पनि अस्ट्रेलिया गएका छन् । बललाई अस्ट्रेलियाको नेपाली क्लबले स्थानीय प्रतियोगितामा भाग लिन बोलाएपछि उनी ए डिभिजन लिग छोडेर अस्ट्रेलिया गएका हुन् ।

नेपाली राष्ट्रिय टिमका प्रभावशाली खेलाडी बल बिदेसिने पछिल्लो खेलाडी बनेका छन् । बल गत वर्षको लिगको सर्वोत्कृष्ट खेलाडी समेत बनेका थिए । मछिन्द्रले लगातार दोस्रो पटक लिग उपाधि जित्दा सुनिलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अहिलेसम्म फुटबलका ३० भन्दा बढी खेलाडी आफ्नो सुरक्षित भविष्यका लागि फुटबल छोडेर अस्ट्रेलिया पुगेका छन् । अस्ट्रेलिया जाने खेलाडीमा दर्शन गुरुङ, राजन गुरुङ, हेमन गुरूङ, रोहित कार्की, एलन न्यौपाने, रुमेश बर्तौला, आमिर श्रेष्ठ, विशाल राई, सुमन अर्याल, आशिष लामा, तेज तामाङ, दिनेश राजवंशी, मिच्छेन तामाङ, सन्तोष तामाङ, विमल बस्नेत, विमल राना, रवि थिङ, अभिषेक रिजनललगायत रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यू-१९ एसिया कप खेल्न नेपाली टोली यूएई प्रस्थान

काठमाडौं । एसीसी यू–१९ एसिया कप खेल्न नेपाली टोली आज (मंगलबार) यूएई प्रस्थान गरेको छ …

प्रतिकृया दिनुहॊस