राती ८ बजदेखि विहान ५ बजेसम्म नागढुंगामा सडक बन्द हुने

काठमाडाैं । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा-पिपलामोड सडकखण्डमा सडक विभागले सवारीसाधन आवागमन रोक लगाएको छ ।

चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख देवकुमार तामाङले मंगलबारदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए ।

‘निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,’ उनले भने । सो सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो । डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री