rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

राष्ट्र बैंक १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ । जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ ।

आज जारी हुने ट्रेजरी बिल दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस