काठमाडौं । प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ।
गएको मंगलबार उनको दायाँ हात र बायाँ हातको केही भाग र औँलाको अपरेसन गरिएको थियो । सांसद भण्डारीलाई उक्त अस्पतालमा भर्ना गरिएको आज १५औँ दिन हो । यही फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको थियो ।
आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो ।
तपाईंको प्रतिकृया




