मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चिनीलगायत दसैंका लागि अति आवश्यक वस्तुहरुमा गरिएको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले चिनी, चामल, तेललगायतका अतिआवश्यकीय वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

दसैंको मुखैमा अतिआवश्यकीय वस्तुहरुको अस्वाभाविक मूल्य वृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए । बैठकले कालोबजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । समितिले दसैंको बस टिकटमा कृत्रिम अभाव सृजना गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता व्यवसायीलाई पहिचान गरी कडा कारवाही गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले व्यवसायीहरुले सरकारलाई समेत झुक्याएर चिनीको मूल्य वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । समितिका सदस्य विरोध खतिवडाले आयातमा रोक लगाएर चिनीको मूल्य वृद्धि गरिएकोमा आपत्ति जनाए । उनले उखु किसानहरुको बक्यौता रकम तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
समितिका सदस्यहरुले मूल्य वृद्धि गर्ने तर त्यसको चित्तबुझ्दो जवाफ नदिने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला नेतृत्वको कुरा संविधानमा मात्र सीमित रह्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला नेतृत्व विकासका लागि संविधानले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds