सिंहदरबारका क्यान्टिनमा अखाद्य पदार्थ भेटिएपछि सञ्चालकलाई ३ लाख जरिवाना

काठमाडौँ । सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गरेको छ । आइतबार विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको हो ।

सो क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ भेटिएका थिए । साथै दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले सबै वस्तुहरू तत्काल नष्ट गरेको छ ।

उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृहका उत्तम भट्टराईलाई उपभोक्ता हित विपरीत कसुर गरेकोले ३ लाख जरिवानासमेत गरिएको विभागले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री