युनाइटेडले जित्यो लिगकप

काठमाडौं । म्यानचेस्टर युनाइटेडले सन् २०१७ यता पहिलो उपाधि जित्ने क्रममा आइतबार वेम्बलीमा लिगकप उचालेको छ । प्रतियोगिताको फाइनलमा उसले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेसँगै कप जित्न सफल भएको हो ।

न्युकासल भने सन् १९६९ यता पहिलो उपाधि जित्ने उद्देश्यमा भए पनि त्यसमा सफल रहन सकेन । युनाइटेडले पहिलो हाफमा ६ मिनेटको अन्तरमा गरेको दुई गोल नै खेलको नतिजा निर्धारण गर्न पर्याप्त रह्यो ।

व्यवस्थापकमा एरिक टेन हाग आएयता युनाइटेडले जितेको यो पहिलो लिगकप हो । खेलको ३३ औं मिनेटमा कासेमिरोले पहिलो गोल गरे भने । मार्कस रसफोर्डले दोस्रो गोल थपे । युनाइटेडले ६ वर्षअघि व्यवस्थापकमा जोसे मोउरिन्हो हुँदा युरोपा लिग जितेको थियो । त्यही सिजन उसले लिगकप पनि हात पारेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री