काठमाडौं । धितोपत्र बोर्डले महुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई ५०५ हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । महुलीले २ः१ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
यस हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ५०५ हकप्रद बिक्री गर्न लागेको हो ।
हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा महुलीले १ करोड ४७ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६३ पैसा ९वार्षिक० रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३५१ रुपैयाँ १९ पैसा छ ।
प्रतिकृया दिनुहॊस