गोरखामा प्रचण्डको भाषण- राष्ट्रपतिमा सर्वसम्मत गराउन अझैँ प्रयासरत छु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विकासका योजना लिएर आउन अनुरोध गरेका छन् । प्रधानमन्त्री प्रचण्डले जिल्लाको समग्र विकासका लागि आवश्यक लिखित ज्ञापनपत्र लिएर आउन जनप्रतिनिधिहरूलाई आग्रह समेत गरेका हुन् ।

सहिद दिलबहादुर रम्तेल स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन एवं सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको विकासका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

‘स्वास्थ्य,शिक्षा तथा विकास निर्माणका कामबारे,अधुरा–अपुरा कामलाई पूर्णता दिने सम्बन्धित विषयमा ज्ञानपपत्र लिएर आउनु अनुरोध गर्दछु,’उनले भने,’तत्काल गर्नुपर्ने कामहरू, मध्यकालीन र दूरगामी कामहरूको सूत्रबद्ध भएर ल्याउनुहोला ।’ उनले संसद्बाट सत्यनिरूण तथा मेलमिलाप आयोगसँग र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित विधेयक छिट्टै पारित हुने बताएका छन् । विधेयक पारित भए सहिदका परिवारलाई ठूलै राहत पुग्ने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले जनआन्दोलन र जनयुद्धका क्रममा सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने तयारीमा रहेको बताए । ‘जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्छौँ । यसले सहिदका परिवारलाई मलमपट्टी लगाउने र मेरो लागि पनि यो निकै खुसी र गर्वको कुरा हुनेछ । तपाईँ हाम्रा सपना ढिलै भएपनि पूरा हुँदैनन् ।’ प्रचण्डले तिनै सहिदको सम्मानमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्पष्ट पारेका छन् ।

आउँदो २५ गतेसम्म सर्वसम्मतिको राष्ट्रपति बनाउने योजनामा आफू रहेको उनले बताए । ‘मैले निर्वाचन लड्दै गर्दा जुनजुन राजनीतिक दल मिलेर भोट मागेका थियौँ,गर्दै जाँदा परिस्थिति नयाँ बन्यो र म प्रधानमन्त्री भिन्न तरिकाले भएँ’,उनले भने, ‘हिजोमात्रै फेरि राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठदल एक ठाउँमा भएका छौँ । नेकपा एमालेसँग पनि लगातार हाम्रो वार्ता र संवाद भइरहेको छ । हाम्रो कोसिस छ कि, २५ गतेसम्म जाँदा राष्ट्रपति सर्वसम्मत भयो भने धेरै राम्रो हुनेछ । त्यो कोसिस पनि हामी गरिरहेका छौँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस