काठमाडौं । राष्ट्रियसभाले जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । झापाको भद्रपुर निवासी समानुपातिक सांसद रहमानको हृदयाघातका कारण शनिबार भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
तपाईंको प्रतिकृया




