रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी कार्यालय बसुन्धारामा बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने नेता दीपक बोहराले जानकारी दिए । रास्वपाले अहिलेसम्म राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय लिएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री