अब दुई सयमै चन्द्रागिरि केवलकार !

काठमाडौं । चन्द्रागिरि केवलकारमा दुई सय रुपैयाँमा चढ्न पाइने अफर ल्याएको छ । यो अफर साताको एक दिन र निश्चित समयका लागि मात्रै हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको अफर अनुसार हरेक साताको शुक्रबार साझ २ सय रुपैयाँमै केवलरको आउनेजाने दुबै सुविधा पाइने छ ।

यो अफर शुक्रबार साझ ५ बजेदेखि राति ९ बजेसम्म लागू हुनेछ । सामान्य समयमा ८ सय रुपैयाँ तिर्नुपर्ने टिकट शुक्रबार साँझका लागि भने २ सय रुपैयाँमात्रै तिर पुग्ने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप