पुडासैनीले लिए कृषि बैंक अध्यक्षको शपथ

काठमाडाैं । कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले शपथग्रहण गरेका छन्। उनले गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बुधबार बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको थियो। त्यसअघि उनलाई अर्थ मन्त्रालयले बैंकको सञ्चालक समिति सदस्य बनाएको थियो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री