दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउने तयारी

काठमाडौँ । दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले मुद्रास्फीति, ढुवानी खर्च बढेको भन्दै दूधको मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको हो ।

अब मन्त्रिपरिषद्को स्वीकृतिपछि कार्यान्वयनमा जाने बताइएको छ । बोर्डले सबै पक्षमा अध्ययन गरेर मूल्य बढाउने प्रस्ताव गरेको दाबी गरेपनि आमरुपमा भने किसानको नाममा उद्योगीलाई फाइदा दिलाउन मूल्य बढाउने तयारी गरिएको बताइएको छ । सरकारले दूधको गुणस्तर सुधारमा चासो नराखेर किसानलाई बचाउने बहानामा मूल्य बढाउने खेल शुरु भएको देखिएको छ ।

यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो ।

राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार पनि दुई/दुई वर्षमा मात्रै बजार मूल्य समायोजन गर्न मिल्ने व्यवस्था रहेको छ । लागत बढेकै कारण सरकारले २०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो ।

कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध विकास संस्थान (डीडीसी) ले फ्याटको आधारमा स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, चिया-दूधमा १० रुपैयाँ, गाईको दूधमा १२ र फुलक्रिम दूधमा १४ रुपैयाँसम्म बढाएको थियो । निजी डेरीहरूले पनि सोही अनुसार मूल्य बढाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस