नेशनल लाइफ इन्स्योरेन्स ३६ औँ वर्षमा प्रवेश

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३६ औँ वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले वार्षिकउत्सवको अवसरमा काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । साथै देशभरमा ३४ वटा बाल र वृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरेको छ ।

जीवन बिमा कोषमा ५६ रुपैयाँ अर्बको हाराहरीमा रकम जम्मा भएको कम्पनीले जनाएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ रहेको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस

This will auto close after