अब सरुवामा भनसुन चल्दैन : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् । विराटनगरमा मंगलबार नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले सो कुरा बताएका हुन् ।

कर्मचारी सरुवाको बेथिति न्युनीकरणका लागि केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले भने, ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौ, सरुवामा अब भनसुन चल्दैन ।’

भरखरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेको समेत मन्त्री मोदीले उल्लेख गरे । भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै मन्त्री मोदीले पार्टी निकट कर्मचारीहरुलाई भने, ‘हाम्रै पार्टीको प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईहरुले सोच्नुभएको छ भने त्यो भ्रम त्याग्दा हुन्छ ।’

माओवादी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरुले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्न समेत मन्त्री मोदीले आग्रह गरे । उनले भने, ‘मेरो आग्रह छ, माओवादीको सरकार छ, हामीले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने तपाईहरुको मानसिकता छ भने त्यो मानसिकताबाट मुक्त हुनुहोला ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

काठमाडौं । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी सुनछहरी …

प्रतिकृया दिनुहॊस