अब मोबाइल ‘एप’बाटै महालक्ष्मी बैंकमा पैसा जम्मा गर्न सकिने (भिडिओसहित)

काठमाडौँ । महालक्ष्मी विकास बैंकले मोबाइल ‘एप’बाटै खातामा पैसा जम्मा गर्न सकिने सुविधा ल्याएको छ । बैंकले मोबाइल ‘एप’ महालक्ष्मी बैंक एक्सपीमार्फत पैसा जम्मा गर्न सकिने सुविधा ल्याएको हो ।

एप मोबाइलमा डाउनलोड गरिसकेपछि लगिन गर्नुपर्नेछ । पैसा पठाउन सेन्ट मोनीमा क्लिक गरी उही बैंक छनौट गर्नुपर्नेछ । त्यसपछि बैंकमा दर्ता गरिएको मोबाइल नम्बर राखेर कति पैसा पठाउने भन्ने उल्लेख गर्नुपर्नेछ । अब लेनदेन पूरा गर्न आफ्नो MPIN वा बायोमेक्ट्रिक्स प्रविष्ट गर्नुपर्नेछ ।

यो सुविधाले बैंकमा गएर लामो समय लाइनबस्नुपर्ने झन्झटबाट मुक्ति पाइने विश्वास बैंकले लिएको छ । थप जानकारीका लागि महालक्ष्मी विकास बैंकको वेबसाइट mahalaxmibank.com मा जान सकिनेछ ।

हेर्नुहोस् भिडिओ :-

तपाईंको प्रतिकृया

लेखकबाट थप