गुण एयरलाइन्सका सबै उडान रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गुण एयरलाइन्सको सबै उडान रोक्ने निर्णय गरेको छ । गुणका उडानमा रहेका ७ वटा विमानको आज सोमबार देखी नै लागु हुनेगरी विमान उडाउन रोक लगाएको हो ।

कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको छैन । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको निरौलाले बताए ।

सिम्रिक एयरलाइन्सका विमानहरु किनेर गुण एयरलाइन्सले हवाई सेवा दिंदै आएको थियो । आर्थिक संकटका कारण कम्पनी विभिन्न पक्षलाई तिर्नुपर्ने दायित्व पनि बढेको सूचना प्राधिकरणका पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस