भाइदेगा मन्दिर पुनर्निर्माणका लागि रोटरी क्लब अफ पाटन हेरिटेजको पैदलयात्रा

काठमाडौं । रोटरी क्लब अफ पाटन हेरिटेज शिवरात्रिका दिन पदयात्रा गरेको छ । ललितपुरको मंगलबजारस्थित भाइदेगा मन्दिर पुनर्निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले पदयात्रा गरिएको हो ।

दरबार स्क्वायरबाट बिहान ७ बजे सुरु  भएको पैदलयात्रा पदमार्ग पुल्चोक, अलेश्वर महाविहार,भनिमण्डल, जलविनायक, पांगा बसपार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिर प्रांगणमा समापन भएको थियो ।

पैदलयात्रामा संस्कृति मन्त्री सुदन किराती, ललितपुर महानगरपालिकाका मेयर  मेयर चिरिबाबु महर्जन लगायत दुई हजारभन्दा बढीको उपस्थिती थियो  ।

ललितपुर दरबारस्क्वायरको दक्षिण–पश्चिमतर्फ निर्माणाधीन अवस्थामा रहेको सल्ने शैलीको यो मन्दिर वि।सं। १९९० सालको भूकम्पमा भत्किएको थियो । भ्याली प्रिजर्भेसन ट्रस्टको प्राविधिक सहयोगमा उक्त मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको रोटरी क्लब अफ पाटन हेरिटेजले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित मुखमा कालो टेप लगाएर प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । प्रसाईंको …

प्रतिकृया दिनुहॊस