चन्द्र भण्डारीको स्वास्थ्य अपडेट- हटाइयो भेन्टिलेटर

काठमाडौँ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । आगाले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको हो ।

भारतको मुम्बईमा उपचाररत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ । स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले भनेका छन् ।

शुक्रबारदेखि नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ भने आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित मुखमा कालो टेप लगाएर प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । प्रसाईंको …

प्रतिकृया दिनुहॊस