राष्ट्रपतिबारे निर्णय लिँदै माओवादी केन्द्र, बोलायो पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक  बस्दैछ । बैठक दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडा बस्ने छ । बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनको छलफल हुने बताइएको छ ।

फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । यसअघि, सत्तारुढ दलहरुबीच राष्ट्रपति नेकपा (एमाले) र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको थियो ।

नेकपा माओवादी राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने अडानमा छ भने अर्को सत्ता साझेदार दल नेकपा एमाले भने सत्ता समीकरण बनाउँदै गर्दाको सहमतिका आधारमा नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति बन्नु पर्ने बताइरहेको छ । राष्ट्रपतिको विषयले पछिल्लो समय सत्ता गठबन्धनमा असहमति देखिन थालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस