काठमाडौं । कास्कीको बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस दुर्घटनामा परेको छ । कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काकाअनुसार दुर्घटनामा ३ दर्जनभन्दा बढी घाइते भएका छन् ।
ग २ ख ६७४७ नम्बरको बस शिशुवा नजिकै दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरू सबैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । माइक्रोमा पोखरा विश्वविद्यालयका विद्यार्थी थिए । घटनाको थप जानकारी आउन बाँकी छ ।
तपाईंको प्रतिकृया




