होसमा आए कांग्रेस नेता डा. चन्द्र भण्डारी

काठमाडौँ । भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा सांसद डा. चन्द्र भण्डारी होसमा आएका छन् । गत बुधबार घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएको भण्डारीको होस आएको हो ।

अस्पताल परिसरमा रहेका कांग्रेस नेता योगराज कँडेलकाअनुसार शनिबार राति १० बजे डा. प्रशान्त महाराणेले नेता भण्डारी होसमा आएको बताएका हुन् । चिकित्सकहरूको टिमले भण्डारी अब खतरामुक्त बनेको जनाएका छन् ।

नेता कँडेल स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको बताए । ‘दाइ खतरामुक्त हुनुहुन्छ साथै निश्चिन्त हुन सबैमा अनुरोध छ । तपाईँहरूको स्वास्थ्य लाभको कामना र डा. हरूको मेहनतले हामी अब ढुक्क छौँ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आजको भेटले सकुशल काठमाडौँ फर्किनेछौँ । एयरपोर्टमा यहाँहरूसँग दाइको भेट शीघ्र हुनेछ ।’

सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस