राष्ट्रपतिबाट कैद माफी पाएका सांसद अरुण चौधरी आज रिहा हुँदै

काठमाडौँ । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । २०६६ सालको घटनामा २०७० सालमा दोषी ठहर भइ हालै मात्रै जल चलान भएका चौधरी लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कैदीको सजाय माफी गरिदिएपछि रिहा हुन लागेका हुन्।

१० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ । जिल्ला कारागारमा रहेका सातजनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चारजनाको मात्रै माफी मिनाहा भएको छ ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस