राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत तोकियो, मतदानस्थल नयाँ बानेश्वर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ । आयोगले भोलिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

राष्ट्रपतिको चुनावका लागि महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिको निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आउँदो बुधवार १० गते मतदाता नामावली प्रकाशन हुनेछ।

नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदान स्थल निर्धारण गरेको छ । मतदान स्थलमा दुई वटा केन्द्र रहने छन् । तालिका अनुसार आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ । मतदानका लागि आउँदे १३ गते मनोनयन दर्ता हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस