सुरक्षा पन्त र मानव सुवेदी विवाह बन्धनमा बाँधिंदै

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त यही फागुन २५ गते विवाह बन्धनमा बाँधिने भएकी छन् । उ‍नी म्युजिक भिडियो निर्देशक तथा मोडल मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

लामो समयदेखि सम्बन्धमा रहेको यो जोडिले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको हो । उनीहरूको विवाह चितवनमा हुनेछ । अभिनेत्री पन्तले आमा, गोपीलगायतका चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

यस्तै, निर्देशक तथा मोडल सुवेदीले अन्तराल नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री