नारायणकाजी श्रेष्ठ भन्छन्- कसैले चाहेर पनि गठबन्धन भत्किँदैन

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्त्वको नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धन नभत्किने प्रष्ट पारेका छन् ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले सुर्खेत विमानस्थलमा पत्रकारमाझ अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको उल्लेख गरे ।

श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा विषय प्रष्ट रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले भने, ‘यो पुरा गर्नेगरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि गठबन्धन भत्किँदैन । यदि त्यस्तो खालको परिस्थिति नबनेको खण्डमा माओवादीले चाहँदै वा नचाहँदैमा केही पनि गर्न सकिन्न ।’

सबै दलहरूलाई समेट्ने गरी पार्टी अघि बढ्न चाहेको भएपनि गठबन्धन बदल्ने कुरा नरहेको श्रेष्ठको भनाइ थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री