सेना दिवसमा भारतीय सेनाका पाँच पूर्व प्रमुख नेपाल आउँदै

काठमाडौँ । नेपाली सेना दिवसको अवसरमा काठमाडौँमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्व प्रमुख नेपाल आउने भएका छन्।

टुँडिखेलमा भोलि हुने विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेना प्रमुखहरू नेपाल आउन लागेका हुन्। जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको छ ।

नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो वर्ष शिवरात्रि फागुन ६ गते परेको छ। हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइन्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरू गर्न लागिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री