आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप