काठमाडाैँ । जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् । दुर्घटनामा पातारासी गाउँपालिका(२ तल्फि बस्ने अन्दाजी ५५ वर्षका अमिर बोहोराको घटनास्थलमा नै मृत्यु भएको छ । साथै अन्य ५ जना घाइते भएका छन् ।
जुम्लाको पातारासी गाउँपालिका ६ बडीखोली भन्ने स्थानमा खंलगाबाट लाछी बजार तर्फ जाँदै गरेको क.प्र.००२००१ त ०४२७ नम्बरको ट्याक्टर सडक देखि अन्दाजी ५० मिटर तल खस्न गई दुर्घटना भएको थियो ।
घाइतेको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तर्फ पठाइएको र चालक फरार हुँदा खोजतलास कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
तपाईंको प्रतिकृया




