काठमाडौँ । नवनियुक्त तीन जना कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसरी शपथ ग्रहण गर्नेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन् ।
सो अवसरमा प्रधानमन्त्रीले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
तपाईंको प्रतिकृया




