काठमाडौँ । बिनु यादव संसद् भवन अगाडिबाट पक्राउ परेकी छन् । उनी घरेलु हिंसाबाट आफू पीडित बनेको बताउँदै आएकी छन् ।
उनले रामेछापको मन्थलीका प्रदीप कठायतले यातना दिएको बताउँछीन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्न लाग्दा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



