नेपालले टर्कीए पठायो २२ टन राहत सामग्री

काठमाडाैं । नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो ।

यही ६ फेब्रुअरीमा टर्किएमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो ।

यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले टर्कीएका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट भएको क्षतिमा टर्कीएका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको थियो ।

परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लगि टर्किएस एयरलाइन्सलाई धन्यवाद दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित मुखमा कालो टेप लगाएर प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । प्रसाईंको …

प्रतिकृया दिनुहॊस