काठमाडाैं । बर्दियामा आफ्नै गाडीमा आगाे लगाउने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–२ गंगापटुवा बस्ने रामु चौधरी रहेका छन् । चौधरीले बिमा दावी गर्ने मनासयले आफैं गाडीमा आगजनी गरेको पाइएको प्रहरीको भनाई छ ।
उनले सोमबार बिहान २ बजे मधुवन नगरपालिका–४ वसन्तास्थित माचड चोकदेखि भुरिगाउँँ जोड्ने पक्की सडक खण्डमा लु २ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेका थिए । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस