काठमाडौँ । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौँमा आज सम्पन्न हुँदैछ । लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रवारबाट सुरु भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बास्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् ।
तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् । नेता मिलन पाण्डेको अनुसार महाधिवेशनपछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ ।
महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहु पदीय संरचना निर्माण गरिनेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन् ।
तपाईंको प्रतिकृया




