१० करोड इकाई सनराइज फोकस्ड फण्डको बाँडफाँट

काठमाडौं । सनराइज फोकस्ड फण्डको इकाई बाँडफाँट भएको छ । सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सनराइज क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामूहिक लगानी कोष अन्तर्गत १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाईको शुक्रबार फाँडफाट भएको हो ।

कम्पनीले गत माघ १० गते कूल १२ करोड इकाईमध्ये १० करोड इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो । इकाई खरिदका लागि निर्धारित समयावधिभित्र संघसंस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको आवेदन (बीज पूँजीसहित) २९ हजार ९०३ वटा आवेदनहरूबाट १० करोड इकाई खरिदका लागि आवेदन प्राप्त हुन आएकोमाधितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम शुक्रबार बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

सनराइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार एक अर्ब रुपैयाँको रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तिहारमा साढे १९ करोडको सुनचाँदीका सिक्का बिक्री

काठमाडौं । यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागमार्फत् साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । यो बिक्री कात्तिक ११ देखि १४ गतेसम्म भएको थियो । कात्तिक १३ गते धनतेरसको दिन एक मात्र दिनका लागि मात्र सुनका सिक्का (असर्फी) बिक्री गरिएको थियो, जहाँ १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए । प्रति थान असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहॊस