सुदूरपश्चिम : कांग्रेसका प्रकाश भौतिक पूर्वाधार र एसका नरेश आर्थिक मामिलामन्त्री नियुक्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाही मन्त्रीमा नियुक्त  भएका छन् । देउवालाई भौतिक पूर्वाधार मन्त्री र शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएकाे हाे ।आज नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गरिसकेका छन् । एक महिनाअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए । निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि शाहलाई बिहीबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका थिए । रेसम लाल चौधरीआबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफ्नो माग पूरा नभएको भन्दै रावललाई विश्वासको मत दिएका थिएनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस