नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा २२ करोड ७३ लाख

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको मुनाफामा बृद्धि आएको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५७.६९ प्रतिशतले बढेर २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क पनि १०.८४ प्रतिशतले बढेर ७ अर्ब ५३ करोड ४७ लाख २१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ६ अर्ब ७९ करोड ७७ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः 

63e5a5b2dca55.jpg

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस