कमेडियन कपिल शर्माको नयाँ गीत ‘अलोन’ सार्वजनिक (भिडिओ)

काठमाडौं । भारतीय कमेडियन कपिल शर्माको नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार टि-सिरिजको युट्युब च्यानलमार्फत ‘अलोन’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा कपिलसँगै गुरू रन्धवाको स्वर रहेको छ । गुरू रन्धवाको शब्द तथा संगीत रहेको गीतको भिडिओमा कपिल, गुरू र योगिता बिहानीलाई देख्न सकिन्छ ।

विशाल सिन्हाले छायांकन गरेको म्युजिक भिडिओलाई चेतन परवानाले सम्पादन गरेका छन् । यो म्युजिक भिडिओलाई देउश मिश्राले कोरियोग्राफी गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप