विशेष पत्रकार सम्मेलन गर्दै विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । बुधबार दिउँसो १ बजे काठमाडौँको जमलस्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको छ ।

हालै सम्पन्न भएको सो पार्टीको केन्द्रीय समिति बैठकका निर्णय, तत्कालीन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दी रिहाइ तथा मुद्दा फिर्ता गर्ने सवालमा भएको ढिलाइलगायतका विषयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा चन्दसहित खड्गबहादुर विश्वकर्मालगायत शीर्ष नेताको उपस्थिति र सम्बोधन हुनेछ । सोही विषयलाई लिएर चन्द नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग पनि भेटघाट गरेकोसमेत थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री