काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ७ करोड रुपैयाँको व्यापार गरेको छ । मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी लगानी रहेको कम्पनीले सन् २०२३ को पाँच महिनाको अवधिमा ७ करोड रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२२ मा १९ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा ९ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । मुक्तिनाथ कृषि कम्पनीले सन् २०१८ देखि कृषि क्षेत्रमा खुद्रा व्यापार, ट्रेडिङ, अनुसन्धान, विकास तथा आपूर्ति व्यवस्थापनमा संलग्न रहेको छ ।
तपाईंको प्रतिकृया




