काभ्रे नमोबुद्धमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडाैं । काभ्रेको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । बिहीबार दिउँसो बा २ ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै ज्यान गएको हो । घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन् । यतिबेला बीपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन् । उक्त बस काठमाडौंबाट भकुण्डेतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप