आदर्श लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई आकर्षक बोनस सेयरको प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

लघुवित्तको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २०७९ साल असार मसान्तमा कायम चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ४१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ ।

यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि भन्दै लघुवित्तले १.०५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ८९४ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने छ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री